प्रतितोला छ सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्यमा भने नयाँ रेकर्ड 

प्रतितोला छ सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्यमा भने नयाँ रेकर्ड 

काठमाडौं : नेपाली बजार मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार