काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ५०० सय रुपैयाँले घटेको । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार १४० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।