प्रतितोला दुई हजार ९०० रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

प्रतितोला दुई हजार ९०० रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । 

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार १७० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार