काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।