सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढ्यो, चाँदी कति ? 

सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढ्यो, चाँदी कति ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार १५५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार