काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले विद्युतको खपत बढाउनकालागि ईभीको करलाई स्थिर राखिएको बताएका छन् । नाफिजको आयोजनामा भएको पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बजेटमार्फत नेपालको उर्जा खपत बढाउनकालागि विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गरेको बताएका हुन्।
मन्त्री पौडेलले आफु करका नीति र करका दरमा स्थिर नीति लिएको बताएका छन्। अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यन्वयन समेत जिम्मेवारी रहेको बताए। आगामी वर्षको बजेट कार्यन्वयनको तयारी गरिरहेको बताए।
बजेटमा टेक एन्ड पेको विषयमा अन्यौल भएपनि स्पष्ट पारेसँगै बैंक तथा वित्तिय संस्था, उर्जा उत्पादक लगायत सबै सन्तुष्ट रहेकाले ठिक हुँदै गएको बताएका छन्।
Advertisment