Below Menu
Below Menu

आर्थिक गतिविधि बढाउने गरी मौद्रिक नीति आउनुपर्छ: अध्यक्ष ढकाल

आर्थिक गतिविधि बढाउने गरी मौद्रिक नीति आउनुपर्छ: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधी बढाउने गरी मौद्रिक नीति ल्याउनु पर्ने बताएका छन्। बजेट र मौद्रिक नीतिमाको समयन्वय भएरै आउने विश्वास व्यक्त गरे।

नाफिजले आयोजना गरेको ‘पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया’लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रुपमा लिने सोचले चाहिने भन्दा बढी कडाई गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको बताए।

ढकालले बजेट स्प्रिट अनुसार कार्यन्वयन हुनुपर्ने बताएका छन्। उच्चस्तरिय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भैसकेको बताए। 

सरकारले बजेटमा हवाई टिकटमा लगाएको भ्याट लगायतका विषयमा हटाउन सुझाव दिएपनि कार्यन्वयन नभएको बताए। आगामी दिनमा सुझाव कार्यन्वयन हुने विश्वास व्यक्त गरे।

Advertisment

थप समाचार