काठमाडौं : सरकारले आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि आगामी साउन ७ गतेदेखि बोलकबोल सुरु हुने गरी आन्तरिक ऋणको तालिका सार्वजनिक गरेको हो ।
सरकारले चालु आर्थिक वर्षमा तीन खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । कार्यालयका अनुसार पहिलो त्रैमासमा एक खर्ब १३ अर्ब, दोस्रो त्रैमासमा ८५ अर्ब, तेस्रो त्रैमासमा एक खर्ब ९ अर्ब र चौथो त्रैमासमा ५५ अर्ब आन्तरिक उठाउने भएको हो ।
सरकारले विकास ऋणपत्र, ट्रेजरी बिल, नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रको बिक्री मार्फत उक्त ऋण उठाउने भएको हो । कार्यालयले वार्षिक ऋण योजनाले त्रैमासिक तथा उपकरणगत रूपमा आन्तरिक ऋण परिचालन गर्न लिएको लक्ष्यको आधारमा ऋण निष्कासन तालिका तयार गरिएको जनाएको छ ।
यस्तो छ वार्षिक ऋण निष्कासन कार्यतालिका