काठमाडौं : शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले जारी गरेको १० वर्षको अवधि रही वार्षिक ८ प्रतिशत ब्याजदर भएको “शाइन रेसुङ्गा डिवेञ्चर” नामको १ अर्ब रकम बराबरको १०,००,००० कित्ता ऋणपत्रहरु ऋाज बाँढफाँट भएको छ।
निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा उक्त बाँडफाँट सम्पन्न भएको हाे।
उक्त ऋणपत्र खरिदका लागि उत्साहजनक रुपमा ५.९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो । जसले नेपाली बजारको वित्तीय दृष्टिकोण प्रति उच्च विश्वास प्रतिविम्वित गर्दछ । कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको थियो ।
उक्त निष्काशनमा विभिन्न संघ संस्था तथा सर्वसाधारणहरुमार्फत् उत्साहजनक सहभागिता थियो ।
Advertisment