प्रतितोला एघार सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

प्रतितोला एघार सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार ३४० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार