सुनको मूल्य स्थिर, चाँदीको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य स्थिर, चाँदीको मूल्य सामान्य बढ्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आइतबारकै मूल्यमा कारोबार भएको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार २९० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार