सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार