Below Menu
Below Menu

नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो।

धितोपत्र बोर्डबाट बैंकले १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। अब बैंकले आफ्ना शेयरधनीहरुलाई २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।

हकप्रद शेयर बिक्रीपछि बैंकको चुक्तापुँजी ५२ करोड ४९ लाख ३५ हजार ४०० रुपैयाँ पुग्नेछ। बैंकको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

Advertisment

थप समाचार