एकैदिन तोलामा तीन हजार चार सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

एकैदिन तोलामा तीन हजार चार सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार २३५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार