काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार नौं सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।