सुनको मूल्य सामान्य घट्यो, चाँदी बढ्यो 

सुनको मूल्य सामान्य घट्यो, चाँदी बढ्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार २८० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार