काठमाडौं : निसान गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले निसान लिफ इलेक्ट्रीक एसयूभीमा बम्पर छुट घोषणा गरेको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा)द्वारा आयोजित अटोमाबाइल प्रर्दशनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ लाई लक्षित गर्दै निसान लिफमा २० लाख रुपैयाँ छुट घोषणा गरेको हो ।
कम्पनीले यसअघि ६४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको लिफ अब ४४ लाख ९९ हजार रुपैयाँमै आउने भएको हो ।
निसान लिफ नेपालमा ११ आकर्षक रंगहरुमा उपलब्ध छ। यस गाडीको ४ ड्राइभिङ्ग मोड तथा विश्वस्तरिय सुरक्षा मापदण्डहरु (ए.बी.यस, इ.बी.डी तथा बी.ए) ले गर्दा विभिन्न प्रकारका सडकहरुमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको तथा यो सुरक्षा मापदण्डले विश्वव्यापी रुपमा निसान लिफमा मृत्यु हुनेको संख्या शून्य रहेको कम्पनीले जानकारी दिएको छ।
यस गाडीको ब्याट्रीमा कम्पनीले ८ बर्षको वारेण्टी प्रदान गरिरहेको छ जुन कुनै पनि अरु गैर बिधुतिय गाडीको तुलनामा ग्राहकहरुलाई धेरै किफायती साबित हुनेछ।
निसान लिफमा ४० किलोवाट आवरको ब्याट्री र ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ । यसमा रहेको ब्याट्रीलाई फुलचार्जमा ३६३ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।
Advertisment