काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।