Below Menu
Below Menu

प्रभु बैंक लिमिटेड तथा मेडिप्लस हस्पिटलबीच छुट सम्झौता

प्रभु बैंक लिमिटेड तथा मेडिप्लस हस्पिटलबीच छुट सम्झौता

काठमाडौं : प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका ११, रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच व्यवसायिक साझेदारी सम्झौता भएको छ।

बिहीबार एक कार्यक्रमकाबीच आफ्ना कर्मचारी तथा ग्राहकलाई लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौतामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख व्यवसाय केन्द्रीय अधिकृत एनबिसिआ, राजु राना मगरले समझदारी हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा बैंकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपलब्ध विभिन्न सेवाहरुमा १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट पाउने छन्।

बैंकका कर्मचारी तथा ग्राहकलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजना अन्तर्गत यो छुट उपलब्ध गराइएको हो।

पोखरा महानगरपालिका ११, रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधा प्रदान गर्दै आएको छ।

Advertisment

थप समाचार