Below Menu
Below Menu

एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

काठमाडौं : एनआइसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट हुने भएको छ।

उपचारमा छुट सम्बन्धमा बैंक र अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्सबीच सम्झौता भएको हो।

सम्झौताअनुसार एनआईसी बैंकका ग्राहकले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा स्वास्थ्य उपचार गरि डिजिटल भुक्तानी गरेमा विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्नसक्नेछन् ।

बैंकका ग्राहकले इनहाउस प्याथोलोजी, आउटसोर्सिङ टेस्ट, रेडियोलोजी, एम्बुलेन्स, जेनरल बेड चार्ज, आईसीयु र सर्जरी शुल्कमा १० प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ।

अस्पतालसँगको यो सहकार्यले बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष राहत हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास रहेको प्रमुख सूचना अधिकारी तथा सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले बताए।

Advertisment

थप समाचार