काठमाडौं : नागरिक लगानी कोषको सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार उनलाई आइतबार अध्यक्षमा नियुक्त गरिएको हो।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त हुन।
उनी केन्द्रीय बैंकमा सेवारत हुँदा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत अन्य विभाग सम्हालेका थिए।
Advertisment