Below Menu
Below Menu

एनआईसी बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

एनआईसी बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

काठमाडाैं : एनआईसी एशिया बैंकका ग्राहकले इन्टरनेट सेवामा विशेष छुट पाउने भएका छन्।

स्काइ ब्रोडब्याण्ड प्रालि र बैंकबीच ग्राहकलाई छुट दिनेबारे सम्झौता सम्पन्न भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले बताए।

समझदारीसँगै बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्ड प्रालिको इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गरेमा १५ सय छुट प्राप्त गर्ने बताइएको छ।

ग्राहकले ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा १५ सय छुट पाउने सम्झाैतामा उल्लेख छ।

याे सुविधाको उपभोग गर्न ग्राहकले एनआईसी बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

स्काइ ब्रोडब्याण्डसँगको याे सहकार्यले बैंकका ग्राहकलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रर्वद्धन गर्दै नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

Advertisment

थप समाचार