Below Menu
Below Menu

एनआईसी एशियाका ग्राहकलाई ल्यान्डमार्क रिसोर्टमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशियाका ग्राहकलाई ल्यान्डमार्क रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं : एनआईसी एशिया बैंकका ग्राहकले ल्यान्डमार्क होटेल एन्ड रिसोर्टमा विशेष छुट पाउने भएका छन्।

बैंक र रिसोर्टबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टस्मा सेवा लिएर डिजिटल भुक्तानी गरेमा १५ प्रतिशतसम्म छुट पाउने छन्।

बैंकका ग्राहकले त्यो छुट खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा लिँदा १५ प्रतिशत पाउने सम्झौतामा उल्लेख छ।

पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेको उक्त रिसोर्टसको सबै शाखामा छुटहरु प्राप्त हुने बताइएको छ ।

यो सुविधा पाउनका लागि भने ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

Advertisment

थप समाचार