Below Menu
Below Menu

२० प्रतिशत लाभांश बाँड्ने ग्लोबल आइएमई क्यापिटलको घोषणा

२० प्रतिशत लाभांश बाँड्ने ग्लोबल आइएमई क्यापिटलको घोषणा

काठमाडौं : ग्लोबल आइएमई क्यापिटलले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित २० प्रतिशत अर्थात् ९ करोड ८७ लाख ८३ हजार रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले असोज १ गते होटल ले हिमालय लाजिम्पाट काठमाडौंमा दिउँसो साढे ४ बजे १८औँ वार्षिक साधारण सभा बोलाएको छ । 

सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ । 

Advertisment