समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम

समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम

काठमाडौं : समृद्धि फाइनान्सको आयोजनामा ट्याक्सी स्ट्यान्ड, पुतलीसडकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरिएको छ।

रक्तदान जीवन दानू भन्ने मूल नारासहित आयोजना गरिएको यस कार्यक्रमको उद्देश्य दशैंको विदाका समयमा रक्तको आवश्यकता पर्ने बिरामीलाई सहज पहुँच सुनिश्चित गर्नु रहेको कम्पनीले जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट “ग वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जी.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू ।आर कोड  जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

थप समाचार