Below Menu
Below Menu

दूरसञ्चार प्राधिकरण र राजबहादुर शाहले तिर सर्वाधिक आयकर, क्षेत्रगत विजेताहरू को–को बने ?

दूरसञ्चार प्राधिकरण र राजबहादुर शाहले तिर सर्वाधिक आयकर, क्षेत्रगत विजेताहरू को–को बने ?

काठमाडौं : आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा एक विशेष समारोहको आयोजना गर्दै विभागले उत्कृष्ट करदाता कम्पनी र व्यक्तिहरुलाई सम्मान गरेको हो ।

आर्थिक वर्ष २०८०/०८१ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार प्राधिकरण रहेको विभागले जनाएको छ। सबैभन्दा बढी कर तिर्ने व्यक्तिमा राजबहादुर शाह रहेका छन् । 

एकलौटी फर्महरुमा आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इण्टरनेशनल सम्मानित भएको छ । वस्तु निर्माणको कारोबार गर्नेमा सबैभन्दा बढी आयकर दाखिला डाबर नेपालले गरेको छ । 

सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमा ओरिक्स नेपाल प्रालि, कृषि एवं पशुपंक्षीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रालि, बैंक, वित्तीय संस्था र बीमाको कारोवार गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.,स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लि. पर्यटन व्यवसाय गर्नेमा सोल्टी होटल लिमिटेड सम्मानित भएका छन्। 

वस्तु व्यापारको कारोवार गर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालिले धेरै कर तिरेको छ । त्यस्तै वार्षिक कारोवार रकम ५० करोडभन्दा बढी १०० करोडसम्म कारोवार गर्ने करदातामा ब्रिडिएसएण्ड क्लियरिङ लि सम्मानित भएको छ। डमीमूलक उद्योगमा सबैभन्दा बढी आयकर दाखिला भोटेकोशी पावर कम्पनी प्रालिले गरेको विभागले जनाएको छ।  

रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोवार गर्नेमा आईएमई लिमिटेड उत्कृष्ट करदाता बनेको विभागले जनाएको छ ।  निर्यात उद्योगहरुमध्ये अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा यूनिलिभर नेपाल लिमिटेडले सम्मान प्राप्त गरेको छ।


 

Advertisment

थप समाचार