Below Menu
Below Menu

एकैदिन तोलामा दुई हजार नौ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

एकैदिन तोलामा दुई हजार नौ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार १३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार १०० रूपैयाँमा कारोबार भएको थियो। 

Advertisment