Below Menu
Below Menu

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

- २०८२ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत र आर्थिक वर्ष २०८२÷८३ को नौ महिनाको औसत उपभोक्ता मुद्रास्फीति २.३९ प्रतिशत रहेको छ ।

- कुल विदेशी विनिमय सञ्चिति रु.३४९४ अर्ब ७३ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २३ अर्ब ५५ करोड पुगेको छ । यस्तो सञ्चिति १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

- चालु खाता रु.६१८ अर्ब ६८ करोड र शोधनान्तर रु.७३१ अर्ब १६ करोड बचतमा रहेको छ ।

- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशतले र अमेरिकी डलरमा ३१.९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको चैत महिनाको विप्रेषण आप्रवाह रु.२०९ अर्ब ७५ करोड रहेको छ ।

- निर्यात १८.५ प्रतिशतले र आयात १३.८ प्रतिशतले बढेको छ ।

- नेपाल सरकारको खर्च रु.१०५९ अर्ब ९५ करोड र राजस्व परिचालन रु.८८६ अर्ब २८ करोड रहेको छ ।

- विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.५ प्रतिशतलेबढेको छ ।

- बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ८.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.९ प्रतिशत रहेको छ ।

- बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१– दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६१ प्रतिशत रहेको छ ।

- वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.४० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.७७ प्रतिशत रहेको छ ।

पूर्णपाठ

Advertisment

थप समाचार