काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा एक करोड ९७ लाख ६२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
गत वर्ष कम्पनीले दुई करोड २४ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको वित्तीय खर्च बढेसँगै सञ्चालन आम्दानी घटेका कारण कम्पनीले नोक्सानी व्यहोरेको हो ।
चैत मसान्तसम आइपुग्दा कम्पनीको कुल आम्दानी ९.९२ प्रतिशतले घटेर ९ करोड ४१ लाख रुपैयाँमा सिमित भएको छ । त्यस्तै कम्पनीको कुल सञ्चालन खर्च ३८.८१ प्रतिशतले बढेर ११ करोड ३८ लाख रुपैयाँमा पुगेको छ ।
यस अवधिमा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) पनि घटेको छ । गत वर्ष ४.२८रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी घटेर ३.४९रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३८९.१८ गुणा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ७५ पैसा रहेको छ।
चैत मसान्तसम्म ७५ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटीमा दुई करोड ८३ लाख ४२ हजार रुपैयाँ रहेको छ।
Advertisment