काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ९.४४ अंकले घटेर २७४४.४० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब ८० करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एसवाई प्यानल नेपाल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २७ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एशियन हाइड्रोपावर कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य ११.४२ प्रतिशतले बढेको हो । आज धौलागिरी लघुवित्त वित्तीय संस्था कम्पनीको शेयरमूल्य ११.१७ प्रतिशतले घटेको छ ।
Advertisment