Below Menu
Below Menu

लाभांश प्रस्तावसहित साल्ट ट्रेडिङ कर्पोरेशनले बोलायो साधारणसभा 

लाभांश प्रस्तावसहित साल्ट ट्रेडिङ कर्पोरेशनले बोलायो साधारणसभा 

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जेठ २९ गते ५९ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश वितरणको प्रस्तावसहित साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन त्रिभुवन आर्मी क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशतका दरले हुन आउने ३ करोड ४ लाख ६८ हजार ११० दशमलव ७२ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५० प्रतिशतका दरले हुन आउने १६ लाख ३ हजार ५८४ दशलमव ७८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

उक्त साधारणसभाले कम्पनीको प्रस्तावित लाभांश, गत आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । 

Advertisment

थप समाचार