सुशासनको नाममा निजी क्षेत्रमाथि आतंक सिर्जना गरियो, तर्साएर आर्थिक विकास सम्भव छैनः झाँक्री 

सुशासनको नाममा निजी क्षेत्रमाथि आतंक सिर्जना गरियो, तर्साएर आर्थिक विकास सम्भव छैनः झाँक्री 

काठमाडौं : राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गरेकी छन् ।

Sponsored Advertisement

बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले हाल प्रस्तुत नीति तथा कार्यक्रममा केही बुँदा घटाएर पुरानै कार्यक्रमलाई दोहोर्याइएको भन्दै धेरै टिप्पणी गर्नुपर्ने विषय नरहेको बताइन् ।

उनले भनिन्, ‘अस्ति २१ गतेको निर्वाचनमा हाम्रा पार्टीलगायत पुराना लोकतान्त्रिक–प्रजातान्त्रिक दलहरू पराजित हुँदा एउटा नयाँ शक्तिको उदय भएर नयाँ युग सुरु हुन्छ भन्ने अपेक्षा थियो। तर नीति तथा कार्यक्रम हेर्दा यो पुरानै कार्यक्रमको निरन्तरता जस्तो मात्र देखिन्छ ।’

झाँक्रीले सरकारले सुशासन र आर्थिक विकासका एजेन्डा उठाए पनि व्यवहारमा निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको आरोप लगाइन् ।

उनका अनुसार सुशासनको नाममा निजी क्षेत्र तथा आर्थिक गतिविधि सञ्चालन गर्ने वातावरणलाई सहज बनाउनुपर्नेमा त्यसलाई अवरोध गर्ने प्रवृत्ति देखिएको छ । उनले भनिन्, ‘सुशासन भनेको पहिला थुनेर सुन्ने होइन, सुनेर मात्र थुन्ने हो कि भन्ने सुझाव सरकारलाई दिन चाहन्छु ।’

उनले राज्यले काम गर्ने वातावरण बनाउनुपर्नेमा नागरिक र निजी क्षेत्रलाई आतंकित गर्ने, तर्साउने र दबाब सिर्जना गर्ने शैली अपनाइएको आरोपसमेत लगाइन् ।

थप समाचार