स्नो रिभर्सको आईपीओमा सर्वसाधारणले आजसम्म आवेदन दिन सकिने 

स्नो रिभर्सको आईपीओमा सर्वसाधारणले आजसम्म आवेदन दिन सकिने 

काठमाडौं : स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २९ गतेदेखि निष्कासन गरेको आईपीओमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् ।

Sponsored Advertisement

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका सात करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबरको सात लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३७ हजार ५०० कित्ता र  वैदशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ भने सामूहिक लगानी कोषहरुका लागि ४६ हजार ८७५ कित्ता र कर्मचारीहरुका लागि १८ हजार ७५० कित्ता शेयर छुट्याएको छ । 

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको कुल लागत करिब २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

थप समाचार