Below Menu
Below Menu

दश महिनामा सवा ४५ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, साढे १७ अर्ब लाभांश फिर्ता

दश महिनामा सवा ४५ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, साढे १७ अर्ब लाभांश फिर्ता

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा सवा ४५ अर्ब रुपैयाँ बराबरको बराबरको वैदेशिक लगानी प्रतिवद्धता भएको छ । उद्योग विभागका अनुसार बैशाख मसान्तसम्म ७२८ परियोजनाका लागि ४५ अर्ब ३२ करोड १६ लाख तीन हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । 

उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ११ अर्ब ४४ करोड ६० लाख रुपैयाँले कम हो । गत वर्षको सोही अवधिमा ५७६ परियोजनाको लागि ५७ अर्ब ६ करोड ७६ लाख ७३ हजार रुपैयाँ लगानी प्रस्ताव आएको थियो । 

यसअवधिमा ५३३ परियोजनामा अटोमेटिक रुटबाट ५ अर्ब ७६ करोड ७३ लाख ३६ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने कागजी प्रक्रियाबाट १९५ परियोजनामा ३९ अर्ब ५५ करोड ४२ लाख ६७ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । 

चालु आवको बैशाखमा मात्रै ११३ परियोजनाका लागि ३ अर्ब ५२ करोड ३० लाख २२ हजार रुपैयाँ बराबरको लगनाी प्रस्ताव आएको छ । बैशाखसम्ममा दर्ता भएका उद्योगमा २३ हजार ५३० जनाले रोजगारी पाउने भएका छन्  । यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग ७११ वटा, मझौला उद्योग आठ र ठूला उद्योग नौ वटा रहेका छन् । 

विभाग अनुसार बैशाखसम्ममा कृषि क्षेत्रका १६ परियोजनामा २२ अर्ब आठ करोड ८० लाख रुपैयाँ, पर्यटन क्षेत्रका १८९ परियोजनामा १२ अर्ब ५४ करोड ७० लाख र उत्पादन मुलुक क्षेत्रका ४२ परियोजनामा दुई अर्ब ७० करोड ६६ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । 

त्यस्तै, ऊर्जा सम्बन्धी दुई परियोजनामा २३ करोड ४२ लाख ५० हजार, सेवामुलक क्षेत्रका ५५ परियोजनामा चार अर्ब २३ करोड २४ लाख र सुचना प्रविधिका ४२१ परियोजनामा एक अर्ब ७४ करोड ३८ लाख ३६ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

विभागका अनुसार यस अवधिमा नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले नाफा वापत साढे १७ रुपैयाँ रोयल्टी लगेका छन् । विदेशी लगानीकर्ताले नेपालबाट १७ अर्ब ७९ करोड ५३ लाख १५ हजार रुपैयाँ लाभांश लगेका हुन् । 

यस अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत ५ अर्ब ९ करोड ७३ लाख १२ हजार, ११ लाख ७९ हजार अमेरिकी डलर र भारुमा थप ३४ लाख ९१ हजार रुपैयाँ रोयल्टी लगेका हुन् । 

Advertisment

थप समाचार