Below Menu
Below Menu

नेप्से परिसूचकमा झिनो अंकको सुधार, तीन अर्ब नौ करोडमा खुम्चियो कारोबार 

नेप्से परिसूचकमा झिनो अंकको सुधार, तीन अर्ब नौ करोडमा खुम्चियो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १०.०७ अंकले घटेर २७३०.१७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १२७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज २२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

शेयर बजार बढेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा तीन अर्ब ९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब २९ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज युनियन हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नबिल डिबेञ्चर रहेको छ । आज यी कम्पनीको शेयरमूल्य ७.७१ प्रतिशतले बढेको हो । आज युनियन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.८९ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार