Below Menu
Below Menu

भारतीय ईभी ब्रान्ड ‘एम्पीयर’ अब पोखरामाः तीन ३ लाख ३५ हजारमै प्रिमियम विद्युतीय स्कुटर

भारतीय ईभी ब्रान्ड ‘एम्पीयर’ अब पोखरामाः तीन ३ लाख ३५ हजारमै प्रिमियम विद्युतीय स्कुटर

काठमाडौं : भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरले पोखरामा आधिकारिक बिक्री–वितरण सुरु गरेको छ। नेपालभर आफ्नो बजार विस्तार गर्ने योजनाअन्तर्गत कम्पनीले पोखराको बुद्धचोकस्थित डीएनबी ट्रेड प्रालिमार्फत नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। 

बैशाख ३१ गतेदेखि शोरुमबाट एम्पीयर नेक्सस ईएक्स स्कुटरको बिक्री–वितरण सुरु गरिएको कम्पनीले जनाएको छ।

भारतको १६५ वर्षभन्दा बढी इन्जिनियरिङ अनुभव बोकेको  ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा उत्पादित एम्पीयर ब्रान्डका स्कुटर नेपालमा प्रवेश गरेको करिब दुई महिना भएको छ। नेपालमा यसको आधिकारिक वितरण एसटीसी अटो सोलुसन प्रालिले गर्दै आएको छ।

कम्पनीका अनुसार एम्पीयर नेक्सस ईएक्स दैनिक प्रयोग, सहज यात्रा र किफायती विद्युतीय सवारी खोज्ने ग्राहकका लागि उपयुक्त विकल्पका रूपमा ल्याइएको हो। 

यसमा ३.९ किलोवाट क्षमताको मोटर र ३ किलोवाट–आवरको लिथियम फेरोफोस्फेट ब्याट्री जडान गरिएको छ। एकपटक पूर्ण चार्ज गर्दा १३६ किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ।

स्कुटरको ब्याट्री घरमै करिब ३ घण्टा ३० मिनेटमा पूर्ण चार्ज गर्न सकिने बताइएको छ। साथै, ब्याट्रीलाई माइनस ४० डिग्रीदेखि ६० डिग्री सेल्सियससम्म परीक्षण गरिएको कम्पनीले जनाएको छ। ब्याट्रीमा ५ वर्ष वा ८७,५०० किलोमिटरसम्मको वारेन्टी उपलब्ध हुनेछ।

यस स्कुटरमा पाँचवटा राइडिङ मोड, रिभर्स मोड, मिड–माउन्ट मोटर, डिस्क ब्रेक, एलोय ह्विल, अल–एलईडी लाइट, यूएसबी चार्जर तथा स्मार्ट कनेक्टिभिटीजस्ता आधुनिक फिचर समावेश छन्।

नेपालमा एम्पीयर नेक्सस ईएक्सको मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकिएको छ।  

Advertisment

थप समाचार