काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिड सोलु हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको १५ प्रतिशत बोनसपछिको ११ लाख २२ हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment