Below Menu
Below Menu

राष्ट्रिय सहकारी बैंक निर्वाचन: बागमतीमा पौड्याल-घिमिरे भिडन्त, अन्य प्रदेशमा सर्वसम्मत

राष्ट्रिय सहकारी बैंक निर्वाचन: बागमतीमा पौड्याल-घिमिरे भिडन्त, अन्य प्रदेशमा सर्वसम्मत

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा मात्रै प्रतिस्पर्धा हुने भएको छ।

निर्वाचन उपसमितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार बागमती प्रदेशको सञ्चालक पदका लागि परितोष पौड्यालरामशरण शर्मा घिमिरे बीच प्रतिष्पर्धा हुने निश्चित भएको हो।

अन्य प्रदेशका सञ्चालक पद तथा लेखा सुपरिवेक्षण समितिमा भने सर्वसम्मत चयन भएको छ।

कोशी प्रदेशबाट लक्ष्मीप्रसाद उप्रेती, मधेश प्रदेशबाट मन्दिरा आचार्य, गण्डकी प्रदेशबाट कमलादेवी गिरी, लुम्बिनी प्रदेशबाट विष्णु बराल, कर्णाली प्रदेशबाट कालिबहादुर महतारासुदूरपश्चिम प्रदेशबाट मनमोहन विष्ट निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा तारा गुरुङ तथा सदस्यहरूमा युवराज पोख्रेलममता कुमारी साह निर्विरोध निर्वाचित भएका छन्।

बैंकको विनियमअनुसार सातै प्रदेशबाट एक–एक जना गरी (कम्तीमा २ महिला सहित) खुला प्रतिस्पर्धाबाट सञ्चालक निर्वाचित हुने व्यवस्था छ। साथै, १ सहकारी विज्ञ र १ बैंकिङ विज्ञ सञ्चालक समितिबाट मनोनित गरिने प्रावधान छ।

निर्वाचित सात जना सञ्चालकहरूमध्येबाट बैंकको विनियमअनुसार एक जना अध्यक्ष चयन हुने व्यवस्था छ।

Advertisment

थप समाचार