Below Menu
Below Menu

एकैदिन तोलामा ४५ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

एकैदिन तोलामा ४५ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार ५०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३३० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment