अण्डाको मूल्यमा भारी वृद्धि, अब एउटा अण्डालाई २५ रुपैयाँ पर्ने

अण्डाको मूल्यमा भारी वृद्धि, अब एउटा अण्डालाई २५ रुपैयाँ पर्ने

काठमाडौं : नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य पुनः बढाएको छ। उत्पादन लागत बढ्दै गएको र अण्डा उत्पादन घटेको कारण देखाउँदै सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। 

Sponsored Advertisement

नयाँ मूल्यअनुसार एक्सएल अण्डाको फार्म मूल्य प्रति क्रेट ५३० रुपैयाँ कायम गरिएको छ । जुन अघिल्लो मूल्यभन्दा ३० रुपैयाँ बढी हो। ठूला अण्डाको मूल्य पनि ३० रुपैयाँ बढेर प्रति क्रेट ५१५ रुपैयाँ पुगेको छ।

मिडियम अण्डामा सबैभन्दा बढी ५० रुपैयाँ वृद्धि गर्दै प्रति क्रेट ४८५ रुपैयाँ निर्धारण गरिएको छ भने साना अण्डाको मूल्य प्रति क्रेट ३८५ रुपैयाँ कायम गरिएको छ। सङ्घले उपभोक्ता मूल्य प्रति गोटा २५ रुपैयाँ तोकेको छ।

यसअघि एक्सएल अण्डा प्रति क्रेट ५०० रुपैयाँ, ठूला अण्डा ४८५ रुपैयाँ, मिडियम अण्डा ४३५ रुपैयाँ र साना अण्डा ३६० रुपैयाँमा कारोबार हुँदै आएको थियो। पछिल्ला दुई सातामै अण्डाको मूल्य ८५ रुपैयाँसम्म बढिसकेको छ।

सङ्घका अनुसार दाना, ढुवानी, प्याकेजिङ तथा अन्य उत्पादन लागतमा वृद्धि हुँदा मूल्य समायोजन गर्न बाध्य भएको हो। साथै उत्पादन लागतको अनुपातमा अण्डा उत्पादन घट्दै गएकोले बजारमा आपूर्ति पनि प्रभावित भएको जनाइएको छ।   

थप समाचार