Below Menu
Below Menu

साढे १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार

साढे १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १७ अर्ब ४८ करोड  रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल जारी लागेको हो । त्यस्तै चार अर्ब ९८ करोड रुपैयाँ बराबरको १८२ दिने र ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागिएको हो ।

कार्यालयका अनुसार ९१ दिने ट्रेजरी बिल भदौ २ गते, १८२ दिने ट्रेजरी बिल मंसिर ८ गते र ३६४ दिने ट्रेजरी बिल २०८४ जेठ ४ गते परिपक्क हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले जेठ ४ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि बैशाख २८ गते २४ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।

Advertisment

थप समाचार