Below Menu
Below Menu

व्यवसायी कर्मा तेन्जिङले पोखरामा दुई अर्ब ७७ करोड लगानीमा पाँचतारे होटल सञ्चालनमा ल्याउँदै 

व्यवसायी कर्मा तेन्जिङले पोखरामा दुई अर्ब ७७ करोड लगानीमा पाँचतारे होटल सञ्चालनमा ल्याउँदै 

काठमाडौं : व्यवसायी कर्मा तेन्जिङले पोखरामा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल निर्माणलाई तीव्रता दिएका छन्।  इम्पेरियर हस्पिटालिटी एन्ड होटल्स मार्फत पोखरामा विश्वप्रसिद्ध लक्जरी होटल ब्रान्ड ‘ले मेरिडियन’ अन्तर्गत सञ्चालन हुने पाँचतारे होटल निर्माण भइरहेको हो।

उक्त परियोजनाको लागत करिब २ अर्ब ७७ करोड रुपैयाँ अनुमान गरिएको छ । प्रस्तावित होटलमा १३० वटा उच्चस्तरीय कोठा रहनेछन्। परियोजनाको वित्तीय संरचनाअनुसार कुल लागतको करिब ७४ प्रतिशत अर्थात् २ अर्ब ६ करोड रुपैयाँ बैंक ऋणमार्फत जुटाइनेछ भने बाँकी ७१ करोड रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) बाट व्यवस्थापन गरिनेछ।

कम्पनीका अनुसार होटल पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको छ। सन् २०२६ अप्रिल मध्यसम्म परियोजनाले ३४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ। हालसम्म ८८ करोड ८० लाख रुपैयाँ खर्च भइसकेको छ। 

यद्यपि, कुल आवश्यक ऋणमध्ये हालसम्म ६२ करोड ९० लाख रुपैयाँ मात्र बैंकबाट स्वीकृत भएकाले बाँकी वित्तीय स्रोत सुनिश्चित हुन अझै बाँकी रहेको छ। 
यो होटल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट करिब ४ देखि ५ किलोमिटर दूरीमा निर्माण भइरहेको छ। 

होटलबाट फेवा ताल, विश्व शान्ति स्तूप, देवीको झरना र सारङकोट जस्ता प्रमुख पर्यटकीय गन्तव्य सहज पहुँचमा रहनेछन्। साथै अन्नपूर्ण सर्किट, घोरेपानी–पूनहिल तथा घान्द्रुक जस्ता चर्चित पदयात्रा मार्गको प्रवेशद्वारले होटलको व्यवसायिक सम्भावना थप बलियो बनाएको छ।

करिक ब १ लाख ५१ हजार ९६० वर्गफिट क्षेत्रमा फैलिने यो होटलमा आधुनिक पाँचतारे स्तरका सम्पूर्ण सुविधा उपलब्ध गराइने योजना छ। होटलमा उच्चस्तरीय फुड एन्ड बेभरेज सेवा, अन्तर्राष्ट्रियस्तरको सम्मेलन तथा बैंक्वेट हल, स्वीमिङ पुल, स्पा, हेल्थ क्लब तथा क्यासिनो सुविधा रहनेछन्।  

होटल व्यवस्थापनका लागि इम्पेरियर हस्पिटालिटीले क्तबचधययम ब्कष्ब एबअषष्अ ज्यतभकि ७ च्भकयचतक सँग व्यवस्थापन सम्झौता गरिसकेको छ। यसअन्तर्गत होटल ‘ले मेरिडियन’ ब्रान्डमा सञ्चालन हुनेछ। यो ब्रान्ड विश्वप्रसिद्ध मेयरयट इन्टरनेशनल अन्तर्गत सञ्चालन हुने लक्जरी होटल शृंखलामध्ये एक हो।

पोखरासँगै कर्मा तेन्जिङले काठमाडौंमा पनि लक्जरी आतिथ्य क्षेत्रमा आक्रामक विस्तार गरिरहेका छन्। महाराजगञ्ज मा करिब ४ अर्ब रुपैयाँ लागतमा १७० कोठाको अर्को पाँचतारे ले मेरिडियन होटल निर्माणाधीन छ। यससँगै १६२ युनिट लक्जरी अपार्टमेन्ट विकास भइरहेको छ, जसअन्तर्गत पहिलो चरणमा ५६ सेवायुक्त अपार्टमेन्ट निर्माण हुनेछन्।

यसअघि कर्मा समूहले ठमेल स्थित होटल वैशाली अधिग्रहण गरी त्यसलाई ‘फोर पोइन्ट शेराटन’ ब्रान्डअन्तर्गत पाँचतारे होटलमा रूपान्तरण गर्ने परियोजना पनि अघि बढाइसकेको छ। करिब २ अर्ब ६७ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त होटलमा १०८ कोठा रहनेछन् र सन् २०२८ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

Advertisment

थप समाचार