Below Menu
Below Menu

घरजग्गा कारोबारबाट बैशाखमा उठ्यो छ अर्ब २६ करोड राजस्व !

घरजग्गा कारोबारबाट बैशाखमा उठ्यो छ अर्ब २६ करोड राजस्व !

काठमाडौं : सरकारले चालु आर्थिक वर्षको बैशाखमा घरजग्गा कारोबारबाट ६ अर्ब २६ करोड ५८ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो रकम घरजग्गा खरिद–बिक्रीमा लाग्ने पुँजीगत लाभकर, दर्ता शुल्क, सेवा करलगायत शीर्षकबाट संकलन गरिएको हो । 

उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ३७.९० प्रतिशतले बढी हो । गत वर्षको बैशाखमा सरकारले घरजग्गा कारोबारबाट ४ अर्ब ५४ करोड २२ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । 

विभागका अनुसार बैशाखमा सेवा करबाट ३४ करोड ४० लाख ६३ हजार, रजिष्ट्रेशन दस्तुर तीन अर्ब ३१ करोड ९५ लाख ५९ हजार र पुँजीगत लाभकरबाट दुई अर्ब ५५ करोड २४ लाख ६५ हजार सङ्कलन भएको छ । चालु वर्षको बैशाखमा देशभरका भूमि प्रशासन कार्यालयले ५८ हजार ८८६ लिखित पास गरेको छ । 

यसअघि चालु आवको साउनमा ३ अर्ब २८ करोड ९१ लाख, भदौमा ३ अर्ब १४ करोड सात लाख, असोजमा दुई अर्ब ७५ करोड ८५ लाख, कात्तिकमा २ अर्ब ७४ करोड ५१ लाख, मंसिरमा ४ अर्ब ६४ करोड ८१ लाख र पुसमा यस वर्षकै सर्वाधिक ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

विभागका अनुसार गत फागुन महिनामा मात्रै घरजग्ग्गाको कारोबारबाट चार अर्ब १४ करोड ९५ लाख ४८ हजार बराबरको राजस्व सङ्कलन भएको थियो भने माघमा ५ अर्ब ९९ लाख २४ हजार रुपैयाँ र चैतमा ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।  
 

Advertisment

थप समाचार