काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.०३ अंकले घटेर २७३१.९४ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से १.७७ अंकले बढेर २७३१.९४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ११९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब ४५ करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा तीन अर्ब ९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज साहस उर्जा कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज आठ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । सर्वाधिक मूल्य बढ्नेमा इङ्वा हाइड्रोपावर कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य ८.४२ प्रतिशतले बढेको हो । आज निफ्रा उर्जा ऋणपत्रको शेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ ।
Advertisment