Below Menu
Below Menu

सहकारी बैंक चुनावमा एमालेको खुला हस्तक्षेप

सहकारी बैंक चुनावमा एमालेको खुला हस्तक्षेप

 

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा दलगत हस्तक्षेप खुला रूपमा देखिएको छ। नेकपा (एमाले) ले आफ्ना प्रदेश र जिल्ला कमिटीलाई पत्र पठाउँदै कांग्रेस, नेकपा र एमालेबीच भएको भागबण्डाअनुसार साझा उम्मेदवारलाई जिताउन निर्देशन दिएको हो।

एमाले केन्द्रीय कार्यालयबाट जारी पत्रमा बागमती प्रदेशमा परितोष पौडेललाई तीन दलको साझा उम्मेदवार बनाइएको उल्लेख गर्दै उनलाई निर्वाचित गराउन सम्बन्धित कमिटी र सरोकारवालासँग समन्वय गर्न भनिएको छ।

सहकारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने बहस चलिरहेका बेला सहकारी क्षेत्रको एक मात्र बैंकको नेतृत्व चयनमै दलहरूले खुला भागबण्डा र निर्देशन जारी गरेपछि सहकारी क्षेत्रमाथिको राजनीतिक हस्तक्षप थप उजागर भएको छ।

Advertisment

थप समाचार