टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट हुँदै 

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट हुँदै 

काठमाडौं : टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ जेठ ६ गते बिहान ९ बजे बाँडफाँट गर्न लागिएको कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । 

Sponsored Advertisement

कम्पनीले गत बैशाख २३ देखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ बराबरको २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको थियो।

आईपीओका लागि आवेदन लिएका मध्ये दुई लाख ५१ हजार ५४५ आवेदनकले १० कित्ताका दरले शेयर पाउनेछन् भने ५ जनाले भने ११ कित्ता शेयर पाउने छन् ।
 

थप समाचार