Below Menu
Below Menu

निरन्तर घट्दै शेयर बजार, तीन अर्ब आठ करोडमा समेटियो कारोबार 

निरन्तर घट्दै शेयर बजार, तीन अर्ब आठ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १.०३ अंकले घटेर २७३१.९४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ११३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा तीन अर्ब आठ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा दुई अर्ब ४५ करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सिटी होटल्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । आज यी कम्पनीको शेयरमूल्य ८.४२ प्रतिशतले बढेको हो । आज सिटि होटल्सको शेयरमूल्य ६.८४ प्रतिशतले घटेको छ ।  
 

Advertisment