काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले ४ जनाको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ।
समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टको नाम सर्टलिस्टमा राखेको हो।
समितिले वैशाख १५ गते इच्छुक व्यक्तिहरूसँग आवेदन माग गरेको थियो । तोकिएको समयभित्र ४७ जनाले आवेदन दिएकोमा चार जनाको नाम सर्टलिस्ट गरिएको समितिले जनाएको छ।
सर्टलिस्टमा परेकाहरूलाई आगामी जेठ ८ गते शुक्रबार अर्थ मन्त्रालयमा अन्तर्वार्ताका लागि बोलाइएको छ ।
Advertisment