Below Menu
Below Menu

रासायनिक मल ७५ प्रतिशत मौज्दात, असारसम्म चार लाख ९१ हजार मेट्रिक टन भित्रिने

रासायनिक मल ७५ प्रतिशत मौज्दात, असारसम्म चार लाख ९१ हजार मेट्रिक टन भित्रिने

काठमाडौं : सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारण गरेको रासायनिक मल आपूर्ति लक्ष्यको ठूलो हिस्सा भित्रिसकेको जनाएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन १ गतेदेखि बैशाख ३० गतेसम्म कुल ४ लाख ९१ हजार ३ सय मेट्रिक टन रासायनिक मल नेपाल भित्रिएको छ।

मन्त्रालयले चालु आवका लागि ६ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ। यसका लागि २८ अर्ब २८ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

हालसम्म भित्रिएको मलमध्ये युरिया ३ लाख २८ हजार ४३९.१ मेट्रिक टन, डीएपी २ लाख ८३२.२५ मेट्रिक टन र पोटास २५ हजार ६४९.१५ मेट्रिक टन रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

देशभरका गोदाममा अहिले १ लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ। यसमध्ये युरिया ८३ हजार ८०२.०५ मेट्रिक टन, डीएपी ४४ हजार ५७५.५५ मेट्रिक टन र पोटास १६ हजार ४२५.२५ मेट्रिक टन रहेको छ।

चालु आवमा हालसम्म ४ लाख ५८ हजार २३३.६ मेट्रिक टन मल बिक्री वितरण गरिएको छ। बिक्रीमध्ये युरिया २ लाख ७२ हजार ५०२.२५ मेट्रिक टन, डीएपी १ लाख ७० हजार ७५७.३५ मेट्रिक टन र पोटास १४ हजार ९७१.१ मेट्रिक टन रहेको छ।

त्यसैगरी, मार्गस्थ अवस्थामा थप ४ हजार ५४५.०५ मेट्रिक टन मल रहेको मन्त्रालयले जनाएको छ। यसमध्ये युरिया १ हजार ९८६.६५ मेट्रिक टन र डीएपी २ हजार ५५८.४ मेट्रिक टन रहेको छ।

Advertisment

थप समाचार