काठमाडौं : हिमालयन पावर पार्टनर लिमिटेडले जारी गरेको हकप्रद सेयरमा आवेदन दिने समय आजदेखि सकिदै छ। कम्पनीले वैशाख १७ गतेदेखि लगानीकर्ताका लागि हकप्रद बिक्री खुला गरेको थियो ।
कम्पनीले हालको चुक्ता पुँजीको ५० प्रतिशत बराबर हकप्रद सेयर निष्काशन गरेको हो । यसअनुसार सेयरधनीहरूले आफूसँग रहेको प्रत्येक १ कित्ता सेयर बराबर थप ०.५ कित्ता नयाँ सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् ।
कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले जारी गरिएको कम्पनीले जनाएको छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।
हकप्रदमा आवेदन दिन योग्य सेयरधनी निर्धारणका लागि कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो । त्यसैले चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका लगानीकर्ताले मात्रै आवेदन दिन सक्नेछन् ।
हकप्रद निष्काशनको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले विभिन्न बैंक तथा वित्तीय संस्था, सी-आस्वा सेवा र ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
Advertisment